हिउँद वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

मन्थली (भूजी), १२ कात्तिक ः रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन् । विसं २०७२ को भूकम्प जाँदा यहाँ थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेका कारण बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताउनुभयो । उहाँका अनुसार–“निरन्तर पहिरो झर्ने भएका कारण वर्षामा बढी र हिउँदमा केही कम जोखिम हुने गरेको छ । वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई निक्कै समस्या हुने गरेको छ ।

जोखिमका कारण विद्यालयका बालबालिकालाई वर्षाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ । पहिरोका कारण भूजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब

असी घरपरिवार विस्थापित भएको मावि भूजीका निवर्तमान प्रधान अध्यापक तथा उमाकुण्ड गाउँपालिकाका वर्तमान कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताउनुभयो । पिपलडाँडाँबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।

पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ । नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन नसककेको स्थानीय दशराम सुनुवारले बताउनुभयो । रुना, ठिङ्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार–“उक्त जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको छ ।

स्वास्थ्य ल्याब लगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरोे नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्यउपचार गर्न आउनेको सङख्यासमेत बढ्ने सुनुवारको भनाइ रहेको छ ।”भूगर्वविदहरुलाई अध्ययन अवलोकन गराएर यस समस्याको समाधान बेलैमा नगरे यसले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेको पनि कार्यपालिका सदस्य सुनुवारले बतउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।