मोरङ, झापा र तेह्रथुमबाट ३ जना फरार प्रतिबादी पक्राउ

बिराटनगर, कार्तिक १३ । मोरङ, झापा र तेह्रथुमबाट आतबार प्रहरीले ३ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सर्वोच्च अदालतको मिति २०८०।१।०५ गतेको फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद तोकिएका दुहवी नगरपालिका-१२ पूर्वकुशाहा का सत्यनारायण यादवलाई पक्राउ गरेको हो ।

यसैगरी सम्मानित जिल्ला अदालत तेह्रथुमको मिति २०७८।०५।१५ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा फरार प्रतीबादी तेह्रथुमको फेदाप गाउँपालिका-२ का ४८ बर्षिय सुबास चन्द्र लिम्बुलाई पक्राउ गरेको हो ।

यसका साथै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागु औषध मुद्दामा जिल्ला अदालत झापाको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २००० जरिवाना तोकिएका झापाको गौरादह नगरपालिका-५ बस्ने का २२ बर्य दिनेश अधिकारीलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।