उर्लाबारीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा श्रेष्ठ दाजुभाइ गम्भीर घाइते
उर्लाबारी । मोरङको उर्लाबारी नयाँ मंगलबारेस्थित पूर्वपश्चिम राजमार्गमा भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना गंभीर घाइते भएका छन् ।
पश्चिमतर्फ जाँदै गरेको एस के ०१ जी ००४८ नम्बरको भारतीय स्कारपियोले पूर्वतर्फ आउदै गरेको को ३७ प ५६७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ का २ जना युवा घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा १ का २२ वर्षीय मनोज श्रेष्ठ र पछाडी सवारी उनका दाजु २४ वर्षीय मन्दिप श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनीहरुको खुट्टा र पेटमा चोट लागेको र विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्कारपियो चालक भारतको सिक्किमस्थित याङथाङ गेजिङ निवासी २७ वर्षीय प्रणय गुरुङ र सवारी प्रहरी नियन्त्रणमा रहेको उर्लाबारी प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपीयोमा गभरमेन्ट अफ सिक्मिम लेखिएको छ । यता प्रहरीले भने स्कारपीयो सरकारी नम्बर प्लेटको हो वा होइन भन्ने विषयमा सूचना लिने काम भइरहेको जनाएको छ ।-स्रोत :उर्लाबारीको न्यूज


