फरार प्रतिवादी पक्राउ
सुनसरी, कार्तिक १३ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुन्सरीको २०७९|१०|०५ गतेको सजाय निर्धारण फैसला आदेशले बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दामा ५ महिना ६ दिन कैद र रु. २५,०००/- जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका धरान उपमहानगरपालिका – ५ झोडापाटा बस्ने २१ वर्षिय जनेश राईलाई खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी आईतबार पक्राउ गरिएको हो ।
अभियुक्तलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाईएको छ ।


