ओखलढुंगाका जेष्ठ कम्युनिस्ट पूर्व गाविस अध्यक्ष भट्टराईको निधन

ओखलढुंगा । गाम्नाङ गाविसका पूर्व अध्यक्ष तथा ओखलढुंगा जिल्लाका जेष्ठ कम्युनिस्ट नेता षणकृष्ण भट्टराईको ८६ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको छ ।

नेकपा एमालेका बयोबृद्ध नेता भट्टराई २०४९ र २०५४ सालमा दुईपटक साबिक गाम्नाङ गाविस हाल लिखु गाउँपालिका (वडा नम्बर ६ र ७) को अध्यक्ष निर्वाचित भएका थिए ।

पछिल्लो समय वीर अस्पतालमा उपचारपछि घर फर्किएका भट्टराईको मंगलवार गाम्नाङटारमै निधन भएको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले विज्ञप्तिमार्फत जनाएकी छन् ।

भट्टराईको निधनबाट ओखलढुंगाले पहिलो पुस्ताका वामपन्थी नेता गुमाएको एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारले बताएका छन् । भट्टराईका पिता राणाकालीन समयमा डिठ्ठा थिए ।- नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।