गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

गण्डकी, १५ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुग्नुभएका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उहाँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत हुनुहुन्थ्यो ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा जानुभएको थियो । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।