भोजपुरको पौवादुङमामा कानुनी परामर्श दिन घुम्ती शिविर

भोजपुर, १६ कात्तिक ः स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ती शिविर सञ्चालन गरिएको छ । ग्रामीण भेगका विपन्न, गरिब, सिमान्तकृत, अल्पसङ्ख्यक नागरिकमा न्यायको पहँुच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो ।

शिविरमार्फत राज्यकातर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको छ । कानुनी सेवालाई सहजरुपमा ग्रामीण भेगसम्म पु¥याउने लक्ष्यले घुम्ती शिविर सञ्चालन गरिएको गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिनुभयो । यो परियोजनाअन्तर्गत भोजपुरको पौवादुङमा र धनकुटाको सहिदभूमि गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

“जनस्तरसम्म कानुनी सेवाका विषयमा जानकारी दिन शिविर सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “शिविरमार्फत सर्वसाधारणलाई कानुनी सेवासँगै उनीहरुको समस्या समाधनमा हामीले आवश्यक सहयोग गरिरहेका छौँ । जनस्तरमा कानुनको अज्ञानता कारण धेरै खालका समस्या देखिएका छन् ।”

गाउँपालिकाका सबै छ वडामा रहेका स्थानीयको कानुनी समस्या पहिचान गरेर शिविर सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । स्थानीयमा कानुनी जटिलताका कारण देखिएका विभिन्न समस्याको समाधनमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गरिरहेको उहाँको भनाइ छ । “कानुनी ज्ञानको अभावले स्थानीयले समस्या भोगेको अवस्था पनि छ”, अध्यक्ष राईले भन्नुभयो, “ नागरिकका त्यस्ता समस्याको पहिचानसँगै समाधानमा पहल गरिरहेका छौँ । यो कानुनी घुम्ती शिविर यसैमा केन्द्रित छ ।”

कानुनी घुम्ती शिविरलाई वडास्तर तथा टोलस्तरसम्म सञ्चालन गर्दा ८८ वटा समस्या पहिचान भएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ज्योत्सना राईले बताउनुभयो । फेला परेका ८८ वटा समस्यामध्ये ११ वटाको फट्र्योट गरिएको उहाँको भनाइ छ ।

“पर्डेप नेपालसँगको सहकार्यमा हामीले सञ्चालन गरेको शिविरमार्फत ८८ समस्या फेला परेको अवस्था छ”, उपाध्यक्ष राईले भन्नुभयो, “११ वटाको समाधन भएका छन् । कानुनी सेवाको अभावको कारण जनस्तरमा धेरै जटिल समस्या पनि फेला परेको अवस्था छ ।”

स्थानीयस्तरमा बढीमात्रामा पञ्जीकरणसम्बन्धी समस्या देखिएको अधिवक्ता तथा नेपाल बार एशोसियसन भोजपुरका सचिव तीर्थकुमार राईले बताउनुभयो । स्थानीयमा कानुनको अज्ञानताका कारण आइपरेका समस्याको समाधानका विषयमा शिविरमार्फत पहल गरिएको उहाँको भनाइ छ ।

“कानुनको अज्ञानता कसैका लागि क्षम्य हुँदैन”, उहाँले भन्नुभयो, “तर कानुनका बारेमा केही जानकारी नहँुदा स्थानीयमा समस्या छ । हामीले घुम्ती शिविरबाट उनीहरुलाई आवश्यक जानकारीसमेत प्रदान गरेका छौँ ।”

गाउँपालिकावासी नागरिकलाई न्यायमा पहँुच विस्तार गर्न कानुनी घुम्ती शिविरमार्फत सेवा दिइएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । कानुनी परामर्शपछि जिल्लामा गएर मुद्दा दर्ता तथा अन्य आवश्यक कामसँगै आवतजावतका लागि खर्चसमेत दिइने उहाँको भनाइ छ । “सुशासनको एउटा पाटो नागरिकमा न्यायमा पहुँच पनि हो”, उहाँले भन्नुभयो,“ नागरिकमा न्यायको पहुँच विस्तार गर्न शिविरमार्फत आवश्यक सहयोग गर्दै आएका छौँ ।”

कानुनका विषयमा सामान्य जानकारी नहुँदा आइपर्ने समस्याको पहिचानसँगै आवश्यक सहयोग गर्दै आएको पर्डेप नेपालका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले जानकारी दिनुभयो । यो कार्यक्रममार्फत कानुनी सेवा लिनका लागि आवश्यक सहयोग गरिएको उहाँको भनाइ छ ।

“यहाँ सर्वसाधारण नागरिकले भोगेका कानुनी समस्या पहिचान गरेर त्यसको समाधानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “धेरै जनाको कानुनी समस्या समाधानमा पहल गरेका छौँ ।” उहाँहरुलाई आवश्यक परामर्शसँगै अन्य सहयोग गर्दै आएको अवस्था पनि छ । यो कार्यक्रम भोजपुर र धनकुटाका दुई स्थानीय तहमा युएनडिपीको आर्थिक सहयोग र कानुन, न्याय तथा संसदीय मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजना सञ्चालक संस्था पर्डेप नेपालले जनाएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।