सुनसरीबाट निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ३ जना पक्राउ

सुनसरी, कार्तिक १६ । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने पसल संचालक र निषेधित औषधी खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र-५ कालाबन्जार स्थित रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने पसल संचालक स्थानिय ५० बर्षिय विनय चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ ।

निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण तथा खरिद गर्ने उनिहरुलाई औषधी सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभागको कार्यालय बिराटनगरमा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।