रिगलको आममाफी बदर भएपछि सर्वोच्चमै भक्कानिईन् भारती

काठमाडौं,१६ कार्तिक । सरकारको सिफारिसमा नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका गुण्डा नाइके रिगल ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर भएको छ ।

सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, कुमार चुडाल र सपना प्रधान मल्लको पूर्ण इजलासले रिगलको आममाफी बदरको फैसला सुनाएको हो । उनी २०७२ असार मा चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका थिए ।

आफ्ना श्रीमानको हत्या अभियोग लागेका रिगललाई आममाफी दिएपछि चेतन पत्नी भारतीले अदालतमा मुद्दा दायर गरेकी थिईन् । सर्वोच्चको फैसलापछि रिट निवेदन भारती चिच्याउँदै भक्कानिएर रोएकी छन् । उनलाई साथीहरुले सम्झाएका थिए ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पढिसकेलगत्तै उनले इजलासमै डाँको छाडेर रुन सुरु गरेकी हुन्।

श्रीमानको न्यायका लागि गरेको सडक संघर्षले सकरात्मक परिणाम दिएपछि उनले खुसीका आसु झारेकी हुन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।

सर्वोच्चबाट बाहिरिँदा पनि उनी रोहिरहेकी थिइन्। उनलाई उनका सहयोगीहरूले गाडी चढाएर लगेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।