झापाबाट नक्कली नेपाली नोट सहित ६ जना भारतिय नागरीक पक्राउ
झापा, कार्तिक १७ । झापा गाउँपालिका-१ सितापुरीबाट नक्कली नेपाली नोट सहित ६ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत किसनगंजथानाका २४ बर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ बर्षीय अजरत अली, १८ बर्षीय महबुल हक, पुर्णियाथानाका १९ बर्षीय परवेज आलम, २२ बर्षीय साकिब आलम र २० बर्षीय आजमल हक रहेका छन् ।
भारतिय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट १ हजार दरको ३ थान नेपाली नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोट फेला परे संगै अन्य ५ जनाको समेत संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


