पूर्वप्रधानमन्त्री ओलीद्वारा बिशुराल दम्पति सम्मानित
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समाजसेवी तथा ब्यबसायी राजेश बिशुराल र दुर्गा बिशुराल दम्पति सम्मानित भएका छन्।
गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पणको विशेष समारोहबीच बिशुराल दम्पतिलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मानित गरेका हुन् ।
बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो।पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ समाजसेवी बिशुराल दम्पतिलाइ दोसल्ला ओडाएर तथा सम्मान पत्रका साथ् सम्मानित गरेका थिए ।
दुख पिडामा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएका राजेश भुकम्प, बाडी-पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएका थिए । उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी बिशुराल दम्पतिलाइ सम्मानित गरिएको थियो।


