टेम्केमैयुङमा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई प्रशिक्षण

भोजपुर, १८ कात्तिक : खस्कँदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि टेम्केमैयुङ गाउँपालिका–४ नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो ।

विभिन्न चरणमा यहाँका तीन सयभन्दा बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो । सबै पक्ष मिलेर शिक्षाको मुहान सुधार अभियान सञ्चालन गरेको वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । विगतका वर्षहरुबाट नै विभिन्न अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा स्थानीय सरकार जुटेको उहाँको भनाइ छ ।

“शिक्षाको सुधारका लागि जिल्लामा नै पहिलोपटक यो कार्यक्रम सञ्चालन गरिएको हो”, वडाध्यक्ष राईले भन्नुभयो, “हामीले सबै विद्यालयका शिक्षक र अभिभावकलाई प्रशिक्षण दिएका छौँ, शिक्षाको गुणस्तर सुधारमा अभिभावकसँगै सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ ।”

वडाभित्रका चण्डेश्वरी मावि, ज्ञानोदय प्राथमिक विद्यालय र शारदा प्राथमिक विद्यालयका शिक्षक तथा अभिभावकलाई आ–आफ्नो जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको हो । वडाले रु दुई लाख बजेट विनियोजन गरेर साकेला प्राविधिक एकेडेमी धरानको प्राविधिक सहयोगमा पाँच दिनसम्म तालिम सञ्चालन गरेको हो ।

शैक्षिक सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाले शिक्षाको क्षेत्रमा दोस्रो प्राथमिकतामा बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेसँगै विगतको वर्षको तुलनामा परिणाममा समेत सुधार आएको प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । “सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ”, उहाँले भन्नुभयो, “शिक्षा सुधार गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ, गाउँपालिकाले विभिन्न खालका कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय गुणस्तरमा समेत सुधार आएको अवस्था छ, गुणस्तर सुधारका लागि सबै पक्षले खेल्नुपर्ने भूमिकाको विषयमा सजक गराउँदै आएका छौँ ।”

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि चार पक्ष जिम्मेवार बन्नुपर्ने चण्डेश्वरी माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णकुमार राईले बताउनुभयो । शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकार जिम्मेवार बन्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“शैक्षिक सुधारका लागि एक÷दुई पक्ष लागेरमात्र सम्भव छैन”, उहाँले भन्नुभयो, “यसका लागि सबै आफ्नो ठाउँबाट जिम्मेवार बन्न आवश्यक छ, वडाले गरेको यो कामले शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने हामी आशावादी छौँ ।”

अभिभावक विद्यार्थीको पहिलो शिक्षक भएकाले उनीहरुले खेल्नुपर्ने जिम्मेवारीको विषयमा जानकारी दिइएको तालिमका प्रशिक्षक शालिक राईले बताउनुभयो । अभिभावकले विद्यालयमा भइरहेको शैक्षिक गतिविधिको अवलोकनसँगै बाल मनोविज्ञान अनुसारको व्यवहार गर्न सके शैक्षिक सुधारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।