कुम्भकार माटोका भाँडा बनाउन व्यस्त

इनरुवा (सुनसरी), १८ कात्तिक : जिल्लाको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोई माटो मुस्छन् त कोई माटोका भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूकाे उद्देश्य हो ।

इनरुवा, लौकही, हरिपुरलगायत स्थानका कुम्भकारले दिपावली तथा छठलाई लक्षित गरी माटोका भाँडा बनाउन थालेका स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी माटोका घैला, दियो, पालासहितका विभिन्न भाँडाकुँडा बनाउने काममा व्यस्त बनेका छन् । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने भएकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्नुपर्ने उहाँको भनाइ थियो ।

एक महिना अघिसम्म विभिन्न समस्याले माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो भएको स्थानीय देवनारायण पण्डितले बताउनुभयो । नजिकमा माटो नपाइने भएकाले टाढाबाट किनेर ल्याइएको बताउँदै अहिले भाँडा, पाला तथा अन्य सामग्री बनाउन हतार भइरहेको उहाँको भनाइ थियो ।

दिपावली तथा छठ पर्वमा चौमुखे दियो, पाला, कलशालगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितले बताउनुभयो । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अहिले यो काममा बढी व्यस्त भएको उहाँले बताउनुभयो ।

पर्वलाई लक्षित गरी केही दिन अघिदेखि भाँडा बनाउन थालिएको बताउँदै समय कम भएकाले बजारको माग पूरा गर्न निकै चुनौती रहेको कुम्भकार समुदायका नेता ज्ञानदेव पण्डितले बताउनुभयो । कुमाले समुदायको पेसालाई सरकारले संरक्षण गर्नका लागि ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।