प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या

सिरहा, २० कात्तिक (रासस) : गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उहाँ नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।