करेन्ट लागेर भोजपुरका सार्की सहित २ जनाको मृत्यु

झापा, कार्तिक २१ । झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे झापाको दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका- ११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएका थिए ।

घाईते भएको उनलाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने झापाको कन्काई नगरपालिका- ३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई- ६ का ३६ बर्षीय राम कुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारमा टच भई करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।