एकाबिहानै जङ्गली हात्ती गाउँ पसेपछि…

कञ्चनपुर, २१ कात्तिक : शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो । त्यत्तिकैमा घर हल्लिएको चाल पाए । उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो । अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो ।

“रातिको ३ बजिसकेको थिएन, दश/बाह्र वटा हात्तीले घर घेरिसकेका रहेछन्”, चौधरीले भन्नुभयो, “बाहिर भाग्ने ठाउँ थिएन, परिवारकै ज्यान जोगाउने चिन्ताले सत्ताउन थाल्यो, भाग्नसक्ने अवस्था नभएपछि फोन गरेर गाउँलेलाई गुहारयौंँ ।”

गाउँलेहरुले आगो बाले, हो हल्ला गरेपछि हात्तीको बथान नजिकैको सामुदायिक वनतर्फ लागेपछि ज्यान जोगिएको चौधरीले बताउनुभयो । घरभित्र दुई बालबालिकासहित पाँच जना सुतेका थिए । हात्ती नजिकैको सामुदायिक वनमै रहेकाले ज्यानकै डर लागिरहेको चौधरीले बताउनुभयो ।

“हात्तीले घरको भित्ता भत्काएको छ”, चौधरीले भन्नुभयो, “झण्डै टाउकोमै हात्तीले आक्रमण गर्न पाएन, खावाँको आडमा लाग्न सकेकाले ज्यान जोगियो ।” हात्तीको बथानले घरमा क्षति पुर्‍याउनुका साथै घरमा भण्डारण गरिएका झण्डै १० क्विन्टलभन्दा बढी धान खाएको छ ।

घरको आँगनमा रहेको शौचालय भत्काइ दिएको छ । बारीको तरकारी बाली र तोरी बाली खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याएको छ । “खेतबारीको धान सिद्धिएपछि हात्तीको बथानले आहाराको खोजीमा घरनै तोड्न थालेका छन्”, स्थानीय तेजबहादुर चौधरीले भन्नुभयो, “मानवीय क्षति हुने सम्भावना बढेर गएको छ, यसलाई रोक्नका लागि स्थानीय तहले प्रभावकारी कदम चाल्नुपर्छ ।” अहिलेसम्म कोही पनि जनप्रतिनिधि क्षतिको आँकलन गर्नसमेत नपुगेको उहाँले गुनासो गर्नुभयो ।

बेलडाँडी गाउँका बासिन्दा हात्तीकै कारण त्रसित भएका छन । रातिका बेला गाउँमा आवतजातवको गर्नसमेत छाडेका छन् । विगत तीन वर्षदेखि नगरपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले मानवीय क्षति पुर्‍याउँदै आएको छ । हात्तीकै आक्रणमा परेर तीन वर्षमा नगरपालिका क्षेत्रका चार जनाले ज्यान गुमाइसकेका छन् । वन क्षेत्र हराभरा भएपछि जङ्गली हात्तीको बथान वर्षभरिनै सामुदायिक वन क्षेत्रमा ओहरदोहर गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।