धनकुटा सहिदभूमिका तामाङ लागुऔषध गाँजा सहित सुनसरीबाट पक्राउ

सुनसरी, कार्तिक २१ । सुनसरीको दुहवी नगरपालिका-८ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका-७ धनकुटाका २१ बर्षीय अनिश तामाङ रहेका छन । तामाङले चलाएको प्रदेश १-०२-०४२ प ३७५४ नम्वरको मोटरसाईकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो ।

हिजो बिहान दुहबी-८ स्थित कोशी लोकमार्गमा को.१ह ८४७८ नम्वरको सिटी सफारी र प्रदेश १-०२-०४२ प ३७५४ नम्वरको मोटरसाईकल ठक्कर लागी दुर्घटना हुदाँ मोटरसाईकल चालक तामाङ सहित सिटी सफारी चालक तथा सिटीमा सवार २ जना मानिस समेत घाईते भएकोमा तत्काल इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानिय जीवनज्योती स्वास्थ्य सेवा प्रा.लि.मा लगि उपचार गराएको र दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाईकलमा रहेको कालो रंगको भिर्ने झोला र ३ वटा जेब्रा झोलामा ३१ किलोग्राम लागुऔषध औषध गाँजा फेला परेको हो ।

मोटरसाईकलमा रहेको झोलाबाट गाँजा बरामद भए संगै उपचार पश्चात तामाङलाई नियन्त्रणमा लिई सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।