झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा, कार्तिक २२ । झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ७ बजे झापाको बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर बिर्तामोड सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको मे. ३ प. ६४०३ नम्बरको मोटरसाईकललाई अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चालक बिर्तामोड- २ का २५ बर्षीय प्रतिक राईको साथबाट ३ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगर फेला पारि पक्राउ गरेको हो ।

त्यसैगरि भारत घर भई हाल अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्क स्थित कोठा भाडामा बस्दै आएका १९ बर्षीय प्रियन्सु कुमार मण्डल, १९ बर्षीय मोहम्द लाल भन्ने साहिल सेख र २३ बर्षीय मोहम्द काजीम आलमले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरको कारोबार गर्दै छन् भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा कालो ब्याग (झोला) भित्र लुकाईछिपाई राखेको अवस्थामा १४ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर फेला परि पक्राउ गरेको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेका उनिहरुको सम्बन्धामा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।