प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न प्रतिवन्ध

कञ्चनपुर, २२ कात्तिक ः तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।

अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उहाँको भनाइ थियो ।

“घर आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाएका छाँैं नगरप्रमुख ओझले भन्नुभयो, “यस कार्यबाट फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुदैन ।”

उहाँका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको छ । “फूल खेतीमा संलग्न किसानलाई यस कार्यले प्रोत्साहन गर्छ” नगरप्रमुख ओझले भन्नुभयो, “विकल्प हुँदा हुँदै मानव स्वास्थ्यमा नराम्रो असर गर्ने, वातावरणीय प्रदूषणलाई बढावा दिने प्लाष्टिकबाट बनेका मालालाई निरुत्साहित गर्न बिक्री वितरणमा रोक लगाएका हौँ ।”

अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको उहाँले बताउनुभयो । नगरप्रमुख ओझाले घर आँगनमै फुलेको फूल प्रयोग गर्न नगरबासीसँग आग्रहसमेत गर्नुभयो ।

प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर रहेको छ । फूलको व्यवसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।