मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण

बिराटनगर, कार्तिक २२ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको बिराटनगर महानगरपालिका-१० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्युको प्रमुख आतिथ्यतामा आज भएको न्यानो कपडा बितरण कार्यक्रममा आश्रममा रहेका ६० जना महिला तथा बृद्धाहरु र १० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो । संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्युले जाडो मौषमलाई लक्षित गरी आश्रममा आस्रित परिवारलाई न्यानो कपडा बितरण गर्नु भएको हो । उक्त कार्यक्रममा अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसंग मनोभावना समेत साटासाट गर्नु भएको थियो ।

सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्वन्धि बिभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आईरहेको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीका साथै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।