झापामा स्रोत नखुलेको भारतिय रकम सहित १ जना पक्राउ

झापा, कार्तिक २३ । झापाको मेचिनगर नगरपालिका- ६ स्थितबाट स्रोत नखुलेको भारतिय रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान ९ बजे मेचिनगर स्थित भन्सार गेटमा भारतबाट नेपालतर्फ आउदै गरेको भारत ठानाचौक केबुलटोल बस्ने ६२ बर्षीय जैनुल हक भन्ने भारतिय नागरिकलाई चेकजाँच गर्दा उनको साथबाट भारतिय रकम ५ सयको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरि जम्मा ३ लाख २० हजार रुपैँया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई रकम सहित आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।