उदयपुरमा फरार प्रतिवादीहरू पक्राउ

उदयपुर, कार्तिक २३ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले सार्वजनिक अपराध र गाली बेईज्जेती मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

सार्वजनिक अपराध मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।०५।१२ गतेको फैसलाले नगद १ हजार ४ सय ७५ रुपैया जरिवाना फैसला भएका बेलका नगरपालिका- ४ का ४५ बर्षीय गोरे भन्ने पुर्ण बहादुर तामाङ र सोही मुद्धामा मिति २०७३।०५।०६ गतेको फैसलाले नगद १ हजार ४ सय ५० रुपैया जरिवाना रहि फरार रहेका बेलका नगरपालिका- २ का ४५ बर्षीय घनश्याम चौधरीलाई पक्राउ गरेको हो भने गाली बेईज्जेती मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०६५।०२।२४ गतेको फैसलाले नगद ५० रुपैया जरिवाना तोकिएको बेलका नगरपालिका- ४ का ७२ बर्षीय गोबर्धन तामाङलाई खोजतलास गर्ने क्रममा गाउँ घरमा नै लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई तोकिएको जरिवाना फैसला कार्यान्वयनको लागि सम्मानीय उदयपुर जिल्ला उदयपुरमा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।