‘पहिले गोरु र राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ’

बेदकोट (कञ्चनपुर), २३ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी आजभोलि खेत जोत्नमा व्यस्त हुनुहुन्छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको छ वर्ष भइसक्यो । खेत जोत्नका लागि उहाँ अचेल ट्र्याक्टर, ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । पिपलाडीमा चौधरीको साँढे चार बिघा जमिन छ । वर्षौदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आउनुभएको छ । “पहिले राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगले धेरै किसानलाई धेरै सहजता थपेको छ ।”

कुरेरुवा किसान समूहमा आवद्ध उहाँले सरकारी अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको थियो । उहाँहरुसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलर लगायतका उपकरण छन् ।“खेत जोत्न, धान, गहुँ काट्नलगायत सम्पूर्ण कृषिकर्मका लागि उपकरणको प्रयोग गर्छौँ”, उहाँले भन्नुभयो, “कृषिमा परम्पराग शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांस कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उहाँले भन्नुभयो, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि किसन आत्मनिर्भर हुन थालेका छन् ।

“पहिले पहिले परम्परागत तरिकाले खेती गथ्र्याँंै, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो,” चौधरीले भन्नुभयो, “अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।”कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थलेको छ । गाउँमा काम गर्ने युवा वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ ।

जनशक्ति एकदमै महगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ किसानको आकर्षण बढेको चेतराज चौधरी बताउनुहुन्छ ।“विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ”, उहाँले भन्नुभयो, “अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक÷दुई सातामै सकिन्छ ।” कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

“कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेकाटे छ”, उहाँले भन्नुभयो, “व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।” उहाँका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।