भोजपुर हतुवागढी गाउँपालिकाको फलाटे र लालचेमा विद्युत पहुँच

टक्सार ,भोजपुर/ २४ कात्तिक : हतुवागढी गाउँपालिकाको फलाटे र लालचे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन् । प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालचे क्षेत्रमा विजुली पुगेको जानकारी दिनुभयो ।

ती क्षेत्रका एक सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ भने ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान गरिइएको छ । फलाटेका भीम परियारले भन्नुभयो, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौँ । ”

भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत ती दुई वडामा पनि विद्युतीकरण कार्य गरिएको हो ।” घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुसियाली छाएको छ ।

स्थानीय रामबहादुर सुवेदीले वर्षौंदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा विद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो ।”

गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढ्ने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताउनुभयो । जिल्लामा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरसधुरीले बिद्युत सेवा उपयोग गरी रहेका छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।