परम्परा जोगाउन रोटेपिङ

टक्सार (भोजपुर), २६ कात्तिक : भोजपुर नगरपालिका–१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो ।

“अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भन्नुभयो, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।” उहाँका अनुसार दसँै तिहारजस्ता पर्वमा पनि अहिलेको आधुनिकताका कारण रौनक हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भूमिका निर्वाह गर्दै आएको हो ।

गाउँघरमा बाँसबाट बनाइने लिङ्गेपिङसमेत विस्थापित हँुदै गइरहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटेपिङ लगाइएको स्थानीय धनप्रसाद राईको भनाइ छ । धनप्रसादको सक्रियतामा तीन दिन लगाएर वडामा रोटेपिङ हालिएको हो ।

“संस्कृतिको जर्गेना र संरक्षणका लागि पिङ हालिएकाले यसले सामाजिककाममा समेत सद्भाव बढाएको छ”, धनप्रसादले भन्नुभयो । विगतमा ग्रामीण क्षेत्रमा लोकप्रिय काठबाट बनेका रोटेपिङ अचेल देखिन छोडेका उहाँको भनाइ थियो ।

बढ्दो प्रविधिको विकास तथा अन्य सुखका कारण युवा सहर बस्न रुचाउने र गाउँ शुन्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृति र जोगाउन समस्या हुँदै आएको वडाध्यक्ष राईको धारणा छ ।

चार वडाको संलग्नतामा गाउँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएकाले निकै मजबुत छ । यो काठ आठदेखि १० वर्ष टिक्ने भएकाले चाडपर्वपछि यसलाई सुरक्षित राखेर आगामी वर्षमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।