मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँ, १ मङ्सिर : पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ ।

जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिनुभयो ।

बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गररेको उहाँले बताउनुभयो । दमौली बजार आसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्दछन् । अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसको भीड लाग्ने गर्दछ ।

मानुङकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक तीन सयदेखि चारसयसम्म हुने गरे पनि मुस्किलले एक सयदेखि एक सय ५० जनासम्म व्यवस्थापन गर्न सकिएको होटल व्यवसायी दाहालले बताउनुभयो ।

पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्न गरेको उहाँले भनाइ थियो । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । हाल उक्त क्षेत्रमा व्यावसायिक रुपमा करिब एक दर्जनको हाराहारीमा होटल सञ्चालन हँुदै आएका छन् । उक्त क्षेत्रमा जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको रहेको छ ।

मानुङकोटमा प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग राखेका छन् । पर्यटन प्रवद्र्धनका लागि मानुङकोट प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल भएको व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । पानीको समस्यालाई समाधान गर्न सोही वडाको सिर्दिबाट पानी लिफ्ट गर्न रु दुई करोड विनियोजन भइसकेको व्यास नगरपालिकाले जनाएको छ । तिहारलगत्तै पानीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

“दैनिक सात सयदेखि एक हजारको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पर्यटकको सहजताका लागि आठ किमीमध्ये करिब पाँच किमी सडकमा कालोपत्र गरिसकिएको छ ।”

बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटलहरु खुुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ ।

व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।