उदयपुरको त्रियुगा नगरपालिका जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर त्यस तर्फ प्रस्थान

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर त्यस तर्फ प्रस्थान गरेको छ । त्रियुगा नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर भुकम्प प्रभावित जाजरकोटका लागि जान लागेको हो ।

नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको हो । यस अघि नगरपालिकाले भुकम्प प्रभावित जाजरकोटका लागि राहतको लागि आव्हान गरेको थियो ।

नगरपालिकाले ३ लाख ८३ हजार ५ सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार ४ सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९ सय ६५ रुपैया बराबरको २ सय ९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सय बराबरको २ सय थान ब्लान्केट, १ लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको ४ थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, १ लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि सहितका राहत सामाग्री सहयोग गरिएको नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।

राहात सामाग्रीको लागि त्रियुगा त्रियुगा उद्योग बाणिज्य संघले १ लाख बराबरको सहयोग र त्रियुगा मेडिकल र नगर स्वास्थ्य शाखाबाट औषधिहरु उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताए ।

यता ओरेक नेपालले १२ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट किरशोरीहरुको लागि जामा उपलब्ध गराएको छ । त्यसैगरी पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्याक सुट उलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

रागत सामाग्री लिएर जानू पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख बस्नेतले प्रकोपले पुर्‍याएको सङ्कटका घडीमा भूकम्प पीडतका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन जान लागेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।