सुनसरीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

सुनसरी, मंसिर ८ । सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले BR 38AE 6075 को नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत जोगबनीका २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाई राखेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।

मोटरसाईकलको हेलमेटबाट ब्राउन सुगर बरामद भए संगै मोटरसाईकल चालक र पछाडि सवार रहेका भारत जोगबनीका बलबिर राम समेत दुबै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।