विमानस्थलको दृश्यले बदलियो विदेशिने सपना

दोधारा चाँदनी, ८ मङ्सिर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका रोहित चन्द विदेश जाने तयारीमा हुनुहुन्थ्यो । त्यस्तै उहाँका भाइ शाहिल चन्द पनि कक्षा १२ उतीर्ण गरेपछि क्यानडा जाँदै हुनुहुन्थ्यो ।

लामो प्रक्रियापछि भाइको क्यानडा जाने निधो भयो । जब भाइको बिदाइका लागि रोहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे त्यहाँको दृश्यले उहाँको मन चुँडियो ।

“विदेश जानेहरूको ठूलो जमात थियो, रुँदै आफ्ना आफन्तलाई बिदाइ गरेको देख्दा मन चुँडियो,” चन्दले भन्नुभयो, “त्यो दृश्य देखेपछि विदेश जाने मनै लागेन आखिर पैसाकै लागि जाने त हो नि विदेश !”

त्यति बेला रोहित पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेका थिए । “त्यो एयरपोर्टको दृश्यदेखेपछि आफ्नै देशमा केही गरौँ भन्ने लाग्यो ।” उहाँ भन्नुहुन्छ, “त्यसपछि महेन्द्रनगर आएर होटल व्यवसायमा लाग्ने निधो गरे ।” अहिले उहाँले करिब ८० लाख लगानीमा महेन्द्रनगरस्थित निम्बुखेडामा एमएनआर २.० नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

महेन्द्रनगरस्थित अमिटी कलेजबाट बिबिए अध्ययन गरेका रोहितले गाउँमै वार्षिक ५५ हजार भाडामा पाँच कट्ठा जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उहाँले होटल व्यवसायमा परम्परागत तरिकाभन्दा भिन्न तरिकाले आफूले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो । “यो व्यवसाय मैले पर्यटनसँग पनि जोडेको छु,” उहाँले भन्नुभयो, “महेन्द्रनगरमा थुप्रै पर्यटकीय गन्तव्यहरू छन्, त्यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छु ।” उहाँले पछिल्लो समय मानिसहरू बढी रमाउन खोज्ने भएकाले रिसोर्टमा पनि मनोरञ्जनका लागि थुप्रै पूर्वाधार निर्माण गरेको बताउनुभयो ।

“रिसोर्टमा पनि पर्यटकलाई आकर्षित गर्ने गरी निर्माण गरेको छु,” रोहितले भन्नुभयो, “आफ्नै देशमा पनि केही गरेर पैसा कमाउन सकिन्छ भनेर व्यवसाय सुरु गरेको हुँ ।” उहाँले पछिल्लो समय पैसाकै लागि युवा विदेश पलायन भइरहेको बताउँदै स्वदेशमै केही उदाहरणीय कार्य गरेर पनि पैसा कमाउन सकिने बताउनुभयो । “पैसाकै लागि आमाबुवा छोडेर घरबाट टाढा जान्छौँ,” उहाँले भन्नुभयो, “अब युवाहरुले विदेश जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ ।” अहिले उहाँको रिसोर्टमा सातजनाले रोजगारी पाएका छन् । “अहिले ग्राहकको रोजाइ अनुसारको गुणस्तरीय सेवा प्रदान गरिरहेको छु,” उहाँले भन्नुभयो, “भविष्यमा थप व्यवस्थित गरेर ग्राहकको रोजाइ अनुसारको सेवा दिने लक्ष्य छ ।”

रोहितले पैसा कमाउनै घरपरिवार छोडेर विदेशिनुभन्दा स्वदेशमै लगानी गर्न आग्रह गर्नुभयो । पछिल्लो समय त विदेश जानु फेसन जस्तै भइसकेको छ । पढ्न र काम गर्नका लागि देश छाड्ने बर्सेनि लाखौँ युवा छन् । त्यतिमात्रै होइन देशमा राम्रो कमाउने स्थापित पारिवारका, रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरू पनि नेपालबाट पलायन भइरहेका छन् ।––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।