किरात राई यायोक्खा धनकुटाले उधौली चाड भव्यताका साथ मनाउने
धनकुटा । किरात राई यायोक्खा धनकुटाले उधौली चाड भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा शनिवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । जसको तयारीका लागि सिली माङ्पाबाट साकेला शिली नाच सिक्ने सिकाउने निर्णय गरिएको छ ।
त्यस्तैगरी पापानी नाच नाच्ने, किराया जिल्ला कार्य समितीको भवन निर्माणका लागि आवश्यक सरसहयोग जुटाउन पहल गर्ने लगायतको निर्णय गरिएको अध्यक्ष राईले वताउनुभयो साथै किराया जिल्ला कार्य समितीको एक सदस्य हेरफेर गरिएको छ ।
समितिका सदस्य दिल कुमार राईको ठाउँमा कपिल किरातलाई राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।


