स्थानीय उत्पादनको उपयोगमा जोड

धनकुटा,१० मंसिर । धनकुटामा उत्पादन भएका वस्तु तथा समाग्रीहरुले बजार नपाएको भन्दै ९ औं उद्योग दिवशको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाद्धारा धनकुटाको छथरजोरपाटीको सिधुवाबजारमा आयोजित कार्यक्रममा धनकुटाका उद्यमीहरुले स्थानीय उत्पादनको उपयोगलाई प्रमुख प्राथमिक्ता दिनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामागले स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य उपयोग गर्ने निति बनाउनु पर्नेमा जोड दिनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाको अध्यक्षतमा भएको उद्योग दिवस कार्यक्रमा धनकुटा उद्योग बाणिज्य सघका अध्यक्ष विजय सन्तोषी राई घरेलु तथा साना उद्योग मासंघ धनकुटाका वरिष्ठउपाध्यक्ष विष्णु माया कन्दङ्गवा,छथरजोरपाटी गाउपालिका वडा नं. ६ का वडाध्यक्ष दिपक गुरुङ्ग,,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत अंकित मगराती,यातायत कार्यालय धनकुटका प्रमुख लोकेन्द्र फागो,कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र तामाग, खाद्य प्रविधि तथा गुणनिण्न्त्रण कार्यालय धनकुटाका प्रमुख आनन्द डंगोल,करदाता सेवा कार्यालय धनकुटाका प्रमुख निरज थापा,सव डिभिजन बन कार्यालय जितपुरका प्रमुख आनन्द चौथरी,घरेलु कार्यालय धनकुटा अधिकृत अर्जुन कार्की लगायतले सरकारले उद्यमीहरुको प्रोत्साहनका लागी विभिन्न कार्यक्रमहरु ल्याउदै गरेको वताउनु भयो ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी अर्जुन गिरिले गर्नु भएको थियो भने कार्यक्रमको उदेश्यमाथि घरेलु कार्यालयकै कर्मचारी विकास कार्कीले प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थापा,फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, उद्यमीहरु रविना लिम्बु,प्रकाश श्रेष्ठ,ज्ञानेन्द्र कार्की,मेघ वहादुर खड्का,डण्डु शेर्पा लगायतले स्थानीय उद्योगहरुले उत्पादन गरेको समाग्रीहरुले बजार नपाएकोले सरकारले स्थानीय उत्पादनको उपभोगलाई प्रमुख प्राथिमिक्ता दिनु पर्ने माग गर्नु भयो ।

स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान भन्ने नाराका साथ मनाईएको ९ औ उद्योग दिवसमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सिधुवा बजारमा उद्योगको प्रवद्धन उत्पादित वस्तुको बजारीकरण र उद्योगहरुले झेल्नु परेका समस्याहरुको विषयमा उद्योगी र सरोकारवालाहरु विचको अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।