घ्याप्चे पहिराको जोखिममा बस्ती

मन्थली (रामेछाप), १० मङ्सिर : मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाको सिमानामा लामो समयदेखिका समस्याका रुपमा रहेको घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय सधै त्रासमा जिउनुपर्ने अवस्था सिर्जना भएको छ । पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका–४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन् । साथै लिखु तामाकोशी गाउँपालिका–३ र ४ बिजुलीकोटको केही भागमासमेत क्षति पुगेको छ ।

विसं २०११ देखि जान थालेको यस पहिरोका कारण कयौँ घरपरिवार विस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णरुपमा जोखिममा छन् । यसअघि पुनर्वास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । पहिरोको रोकथाम नगर्ने र यसैगरी हिउँद र बर्खामा पहिरो निरन्तर गइरहँदा गैराथोकका तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले सोमप्रसाद भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण कैयौँ मानिसले ज्यानसमेत गुमाइसकेका छन् भने वन र खोलामा चराउन लगेको कैयौँ पशुचौपयासमेत रणजोर खोलामा बगेका छन् । यस ठाउँबाट विसं २०११ साउनमा पहिलो पटक पहिरो गएको भए पनि २०४०, २०५१ र २०६१ मा गएको पहिरोले विकराल रुप लिएको स्थानीयको भनाइ छ ।

पछिल्लो तीन वर्षयता पहिरोका कारण त्रास बढेको स्थानीय तीर्थराज श्रेष्ठको भनाइ छ । पहिरो एक्कासी बढेपछि आसपासका बस्तीका मानिस त्रसित भएका छन् । पानी परेको बेला राति जागै बसेर रात काट्ने अवस्था आएको स्थानीय गोमा भट्टराई बताउनुहन्छ । उहाँले भन्नुभयो “पहिरो गएको बेलामा घर नै पूरै थर्किन्छ, जमिन भासिएकोजस्तो हुन्छ, पहिरोका कारण पूरै गाउँ त्रसित छन् ।”

पहिरोका कारण हजारौँ रोपनी खेतबारी बगाएर शिक्षकसमेत रहनुभएका स्थानीय सोमसप्रसाद भट्टराईको भनाइ छ । केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामका लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएपनि जाली एक वर्ष पनि नटिकेको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन गरी बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इञ्जिनियर डिल्ली अधिकारी बताउनुहुन्छ ।

घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई बर्सेनी बढ्दै जाँदा २७ मिटरदेखि तीन सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कूल क्षेत्रफल २११ दशमलव ७७ वर्ग किलोमिटरमध्ये घ्याप्चे पहिरोले २३ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसका कारण रामेछापको सदरमुकाम मन्थलीसमेत उच्च जोखिममा परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।