मोरङमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, मंसिर ११ । मोरङको पथरीशनिश्चरे नगरपालिका- १० पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुका साढे ६ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मे. ९ प. ७१८० नम्बरको स्कुटरले रोकी राखेको प्रदेश १ -०४-००१ त. ०३३९ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक दमक नगरपालिका- ५ का ३५ बर्षीय साने कुमार राईको उपचारको क्रममा मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको हो ।
घटनामा संलग्न ट्रयाक्टर र ट्याक्टर चालक उर्लाबरी- ३ का ४३ बर्षीय कर्ण बाहदुर याक्खालाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


