धनकुटामा प्रहरी जवान अनिल लोहार कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले ईलाका प्रहरी कार्यालय भेडेटारमा कार्यरत प्रहरी जवान अनिल लोहारलाई कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका लोहारले विभागीय मुल्य-मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबलका साथ विभागिय निति अनुरुप आदेश निर्देशनको पालना गरी व्यबसायिक लगनशिल र कर्तब्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवलका साथ सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नुका साथै सम्मानित अदालतवाट सजाय पाई फरार रहेका प्रतिवादीलाई बिभिन्न सुचनाको आधारमा पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुँदा वडा प्रहरी कार्यालय भद्रपुर झापा दरवन्दीका प्रहरी जवान लोहारलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल कार्तिक महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको छ उल्लेख छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।



