फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक

चौतारा, १३ मङ्सिर : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक रु ३५ लाख आम्दानी गर्दै आउनुभएको छ ।

तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिनुभएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थाल्नुभएको हो ।

पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गर्नुभएका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल हुनुभयो । पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताउनुभयो ।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गर्नुभएको छ । सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो । दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन् ।

रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो । त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ । अब उहाँसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ । कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउनुहुन्छ । उहाँका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मनपराएका छन् ।

आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उहाँको अनुमान छ । ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ । सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसक्नुभएका उहाँले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताउनुभयो ।

पुस सुन्तला र जुनारको समय हो । आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ । अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गर्नुभयो । पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन रु पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।