विवाह समारोहमा कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम, १३ मङ्सिर : कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताउनुभयो ।

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।

कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सातजनालाई नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।