सहिदभूमिमा दुई दिन स्थानिय बिदा
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकाले २ दिन स्थानिय बिदा दिने निर्णय गरेको छ ।
पालिकाको मंसिर ११ गते बसेको कार्यपालिका बेठकले मंसिर १७ र १८ गते वाडाङमी चाडको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, सेवा कार्यालयहरु, बिद्यालयहरु बन्द रहने गापाद्नारा जारी सुचनामा उल्लेख छ ।



