सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

जानकी (बाँके), १४ मङ्सिर : नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।

प्रदर्शनीमा विभिन्न सैन्य सामग्री राखिएको थियो । विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसइइको नतिजा, भौतिक संरचनालगायत विद्यालयको समग्र गुणस्तरका आधारमा विद्यालय छनोट गरी प्रदर्शनीमा सहभागी गराइएको बज्रदल गणका गणपति एवं प्रमुख सेनानी रबिन श्रेष्ठले बताउनुभयो । प्रदर्शनी करिब नौ सय विद्यार्थीले अवलोकन गरेका थिए ।

प्रमुख सेनानी श्रेष्ठले विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सेनासम्बन्धी सामग्रीको प्रदर्शन गरिएको बताउनुभयो । “यस्ता कार्यक्रम हामीले विगतका वर्षदेखि गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीमा भएको सेनाप्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनबारे बुझाउन प्रदर्शनी आयोजना गरिएको हो ।” प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्रीलगायत राखिएको थियो ।

यी विषयमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गर्दै सेनासम्बन्धी थप जानकारी लिन उत्सुक देखिएका पनि उहाँले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।