सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नियन्त्रणमा महानगर कडा रुपमा प्रस्तुत,बिक्री र सेवन गर्ने दुवैलाई जरिवाना हुने

विराटनगर । सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिका कडा रुपमा प्रस्तुत भएको छ ।

सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको छ । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन महानगरले अनुगमनलाई तीव्र पारेको हो । दसैं, तिहार र छठ पर्वको लामो सार्वजनिक विदाका कारण महानगरको अनुगमन रोकिएको थियो । महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो । त्यस्तै महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा बिक्रीवितरण गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सिभिल ड्रेसमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रुपमा परिचालन गरेको जनाएको छ । खैनी, चुरोट, गुटका, रजनीगन्धालगायतको सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै सुर्तीजन्य पदार्थका खोल सरसफाईका लागि समेत ठूलो समस्याका रुपमा रहेको उहाँको भनाइ थियो । “सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौं गुणा बढी रकम खर्च हुने गरेको छ,” मेयर कोइरालाले भन्नुभयो, “यसबाहेक महानगरको सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रुपमा रहेको छ ।”

ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधिनमा रही प्रभावकारी रुपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाई शाखाका कर्मचारी, जनपद प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाइएकाले सहयोग गर्न मेयर कोइरालाले आग्रहसमेत गर्नुभयो ।

घरपरिवारबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउन महानगरलाई आग्रह आउने गरेको उपमेयर शिल्पा निराला कार्कीले बताउनुभयो । बिक्री गर्ने र खाने केही प्रतिशत व्यक्तिबाहेक सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदा सबै महानगरवासी खुसी भएको उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।