बाल संसार मावि धनकुटामा साइबर अपराध (क्राइम) र बाल दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको आयोजनामा बिहिवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल संसार मावि धनकुटामा साइबर अपराध (क्राइम) र बाल दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघ धनकुटाका अध्यक्ष तारा तितुङको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरिक्षक चिरञ्जीवी खड्का , प्रहरी मनिसा गुरागाई र अमित तामाङले सहजिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ गाेकुण्डेस्वर क्याम्पस प्रमुख तथा बालसन्सार माविका प्रधानाध्यापक दिनेस अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा अनेमा संघ धनकुटाका सदस्य दुर्गा भट्टराई , दुर्गा ढकाल ,धनकुटा महिला बचत तथा ऋणसहकारी संस्थाका व्यवस्थापक समि राई , कृषि पर्यटनमा महिलाका अध्यक्ष मोति पाख्रिनको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी बालसन्सार माविका विघार्थिहरुले कार्यक्रम उपयोगी र प्रभावकारी लागेको भन्दै आगामी दिनमा पनि सचेतना कार्यक्रम निरन्तर राख्न सकियो भने राम्रो हुने बताएकाछन् । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ धनकुटाका सचिव सावित्रा राईले गर्नु भएको थियो ।





