महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ ।

महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो ।

कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । वरिष्ठ कानुन व्यवसायी कार्की २०६१ जेठदेखि २०७९ चैतसम्म र दाहाल २०७६ वैशाखदेखि २०७९ मंसिरसम्म कानुनी सल्लाहकारका रुपमा कार्य गर्नुभएको थियो ।

महानगरको न्याय सम्पादनमा दुवै कानुन व्यवसायीले उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको मेयर कोइरालाले बताउनुभयो । सम्मानितका तर्फबाट कानुन व्यवसायी कार्कीले महानगरले आवश्यक ठानेमा जुनसुकै बेला सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षहरु तीर्थेन्द्र नेउपाने, काजीबहादुर बस्नेत, कुमार पोखरेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शिक्षा महाशाखाका संयोजक कृष्ण भट्टराई, कानुन शाखाकी प्रमुख शारदा थपलियालगायतले सम्मानित कार्की र दाहाललाई अविर लगाएर शुभकामना दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।