धनकुटामा पुर्व मन्त्री सवार गाडी दुर्घटना
धनकुटा । हिजो बेलुका संखुवासभा जिल्लाको केही महत्वपुर्ण कार्यक्रममा सहभागी भई धरान जाने क्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्व राज्य मन्त्री दिपक खड्का, महासमिति सदस्य दिपक कुमार लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कायवहाक सभापति लभ कुमार (श्रीमती ) श्रेष्ठ र चालक सहित पाँच जना सवार गाडी धनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकाको नमस्ते झरना नजिकै दुर्घटना भएको छ।
गाडीमा सवार सवैजना सुरक्षित रहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्ताेषी राईले जानकारी दिनु भयाे ।


