पाख्रिबास फाङ्दुवामा सकियो वाडाङ्मी

नारायणकुमार राई /धनकुटा, १७ मङ्सिर : धनकुटामा पाख्रिबास नगरपालिकाको वडा नं ३ फाड्दुवा, कसेनी र वडा नं १० चुनवाङका आठपहरियाले पनि एक हप्ता वाडाङ्मी चाड मनाएर बिहीबार समापन गरेका छन् । धनकुटा नगरपालिकामा राईबाट आठपहरिया जातिमा सूचीकृत हुन स्थापित आठपहरिया समाजले विसं २०६० तिर समटेको यो क्षेत्रमा भने परिमार्जन गरेर वाडाङ्मी मनाउने गरिएको छ ।

एकमात्र थातथलो रहेको यो क्षेत्रमा १५ दिन मनाइने वाडाङ्मी परिमार्जन गरेर भाइटीकाको दिनबाट एक हप्तासम्म मनाइँदै आएको वडा नं ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिनुभयो । राईबाट पछिल्लो समयमा नयाँ नाम आठपहरिया पाएका यहाँका समुदायले यहाँको एकमात्र सुब्बा मार्गा, गढीघर र घर–घरमा पितृ पूजा गरेर चाड मनाउने गरेका छन् ।

यहाँका समुदायले सप्तकोशी किनारमा रहेको बराहक्षेत्र तीर्थ जाने चलनको अन्य गरेर धनकुटा र भोजपुरको सङ्गममा रहेको अरुण नदीको सुनबालुवा भन्ने स्थानमा गएर कपाल खौरेर दुःख बगाउने र त्यहाँबाट पानी ल्याएर घर चोख्याउने गरेका छन् । उनीहरूले पनि वर्षभरि भएका सबै कर्मकाण्ड यही वाडाङ्मीमा सकेर नयाँ अध्यायको सुरु गर्ने गरेका छन् । तर उनीहरूले घर–घरमा डुलेर ढोल नाच्ने चलनलाई छाडेर एक दिन मुख्य पुजारीको गढीगाउँमा भेला भएर सबै घरको बत्ती हेर्ने (जोखाना हेर्ने), ढोल तथा मारुनी नाचेर चाड सक्ने गरेको वडाअध्यक्ष राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।