अवरुद्द धरान-धनकुटा सडक संचालन हुन अझै केही समय लाग्ने
धनकुटा,१७ मंसिर । शनिबार साँझबाट टिपर र अन्य सवारी दुर्घटना भए पछि बन्द रहेको धरान धनकुटा सडक अझै खुल्न सकेको छैन् ।
धरान(धनकुटा सडक खण्डको भेडेटार भन्दा ६ किलो मिटर तल हिजो एकै स्थानमा ३ वटा टिपर दुर्घटना हुदाँ दुर्घटनापछि सडक अवरुद्द भइ दुबै तर्फका सवारी साधनहरु चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक चन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
अहिले अवरुद्ध भएको सडकलाई खुलाउने कार्य जारी रहेको र यातायात संचालन हुन अझै केही बेर लाग्ने भएको श्रेष्ठले जानकारी दिनु भयो ।


