धरानमा पढाइ सुधार्न घर-घरमा शिक्षक

धरान (सुनसरी), १७ मङ्सिर : विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन् । नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो ।

दसैँ, तिहारलगायतका बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर–घरमा पुगेर घरदैलो अभियानको सुरु गरेको प्रधानाध्यापक डा इन्द्रमोहन झाले बताउनुभयो । विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन् ।

शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीको पारिवारिक अवस्था, विद्यालय र घरको दुरीलगायतका विषयमा छलफल गर्दै शैक्षिकस्तर सुधारका लागि अभिभावकसँग राय सङ्कलन गरेका छन् । “विद्यार्थीका पारिवारिक अवस्था, विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयको शैक्षिक अवस्थालाई थप सुधार्न सकिन्छ ? भनेर अभिभावकसँग राय माग्यौ’ शिक्षिका रञ्जिता परियारले भन्नुभयो, “अभिभावकहरुले छोराछोरीको पढाइ र लागेका समस्या हामीलाई अवगत गराउनुभयो ।”

घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदन शिक्षकहरुले बुधबार विद्यालयमा बुझाएका छन् । घरदैलो अभियानमा सहभागी शिक्षिका रञ्जिता परियारले केही विद्यार्थीको घरमा पढ्ने वातावरण समेत नभएको पाइएको नपाएको बताउनुभयो । करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा झाको भनाइ छ । शिक्षकहरुले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ ।

“विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घर–घर पठाइएका हौँ”, प्रअ डा झाले भन्नुभयो, “हाम्रा लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका र्छौ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीेले यस्तो अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

सबैको रोजाइमा पब्लिक
पब्लिक उच्च मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङको पढाइ हुँदैआएको छ । यस वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ब्यूटिसियन र हेयर ड्रेसिङ जस्ता विषयमासमेत पढाइ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ । व्यवस्थित पुस्तकालय र साइन्स ल्यावसमेत छ । विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानोमध्ये एक हो । धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले यस विद्यालयबाट बाँकी विद्यालयले धेरै सिक्न सक्ने बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।