पाख्रीवास ६ का वडाध्यक्ष गुरागाईको घरमा आगजनी प्रकरण : एक जना पक्राउ
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगजनी गरेको घट्नामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडाध्यक्ष गुरागाईको घरमा शनिवार मध्ये राती आगजनी गरिएको थियो । घट्नामा संलग्न भएको आशंकामा सुशिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा लगिएको छ ।
पक्राउ परेका अधिकारीलाई घटनामा उनको संलग्नताको विषयमा सोधवुझ गर्दा कुनै वेला हो र कुनै वेला होईन भनिरहेकोले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।


