पाख्रीवास ६ का वडाध्यक्ष गुरागाईको घरमा आगजनी प्रकरण : किटानी जाहेरी दर्ता

धनकुटा । । नेपाली कांग्रेस धनकुटाले पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगजनी गरेको घट्नाको विरोध गर्दै घट्नामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

वडाध्यक्ष गुरागाईको परिवारको हत्याको उद्देश्यले अस्ति राती घर वाहिर चावी लगाई आगजनी गरिएको भन्दै घट्नाको दोषीलाई कारवाहीको माग गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा वडाध्यक्ष गुरागाई र उहाँको परिवारको हत्या गर्ने उदेश्यले रातको समयमा सुतिरहेको अवस्थामा वाहिरबाट चावी लगाएर घरमा आगजनी गर्ने अपराधिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै घट्नाको निष्पक्ष छानविन गर्न भनिएको छ ।

यो घट्नाबाट अलिकती पनि बिचलित ननहुन वडाध्यक्ष गुरागाई र उहाका परिवारजनमा आग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ । घट्नामा संलग्न सुशिल अधिकारीलार्ई कडा कारवाही र थप अनुसन्धन गर्न वडाध्यक्ष तथा कांग्रेस नेता गुरागाई, पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव सन्तोषी राई,माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला,जसपा धनकुटाका सहसचिव तथा अधिवक्ता नारायणजुन राई, पाख्रीवास वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धर,वडा नं ५ पाख्रीवासका कांग्रेस वडा सभापति पासाङ्ग तामाङ्ग लगायतको टोलीले आजै जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दर्ता गरेको छ । वडाध्यक्ष गुरागाईको घरमा शनिवार मध्ये राती आगजनी गरिएको थियो । घट्नामा संलग्न भएको आशंकामा सुशिल अधिकारीलाई प्रहरीले शनिवार विहान पक्राउ गरेको थियो ।

पक्राउ परेका अधिकारीलाई घटनामा उनको संलग्नताको विषयमा सोधवुझ गर्दा कुनै वेला हो र कुनै वेला होईन भनिरहेकोले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी राजबाबु महर्जनले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।