सुन्तला उत्पादन घट्यो

तम्घास (गुल्मी), १९ मङ्सिर : गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।

गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव चारमेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गतवर्ष गुल्मीमा रु २९ करोड ३७ लाख दुई हजार चार सय ७२ को सुन्तला उत्पादन भएकोमा रु १३ करोड २१ लाखको निर्यात भएको थियो भने यसवर्ष रु २३ करोड ७८ लाख ५५ हजार एक सय ५६ बराबरको सुन्ताला उत्पादन भएकोमा रु १२ करोड ८४ लाखको मात्रै निर्यात हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

यसवर्ष सुन्तलाको औषत मूल्य प्रतिकेजी रु ४८ तोकिएको छ । फल पातलो लाग्नु, दाना सानो हुनु, फल झर्नु, किसान परम्परागत खेतीमा नै निर्भर हुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको कार्यालयले जनाएको छ ।

सुन्तला बगैँचामा मलखादको प्रयोग नहुनु, सिँचाइको अभाव, बोटबिरुवाको काँटछाँटमा ध्यान नदिनु जस्ता कारणले उत्पादनमा कमी आएको कार्यालयको भनाइ छ । जिल्लामा कूल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तलाका बिरुवा छन् । जसमध्ये ६० दशमलव छ प्रतिशत बोटमा फल लागेको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।