आजको मौसम : पश्चिमी वायुको प्रभाव

काठमाडौँ, २१ मङ्सिर : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम ११ डिग्री सेन्डिग्रेड रहेको तथा पारदर्शीता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेन्डिग्रेड थियो । आज अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन ।”

आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।