जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

मुगु, २१ मङ्सिर ः सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनिशौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ ।

विसं२०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे पाखा, झाडी तथा जङलतिर जानुपर्ने अवस्थामा देशलाई नै खुल्ला दिसामुक्त घोषणा कसरी गरियो भन्ने प्रश्न अनुत्तरित छ ।

सरकार, दातृनिकाय र स्थानीय सरकारको कार्यालय रहेको जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमा अवस्थित दुई वटा विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि दिसापिसाब गर्न झाडीतिर जाने गरेका पाइन्छ ।

छायानाथ रारा नगरपालिका वडा न ५ माथि तुममा रहेको श्री आदर्श आधारभुत विद्यालय र सोही पालिकाको वडा नं १३ रुगा गाउँमा रहेको मालिका आधारभुत विद्यालयमा शौचालय नहँुदा अझै पनि शौच गर्न झाडीतिर जानुपरेको हो ।

सरसफाइ तथा स्वच्छाताका लागि विद्यालयहरूमा लाखौँको शौचालय बनाउने गैर सरकारी संस्था भए पनि छन् ती संस्थाको लगानीबारे प्रश्न उठ्न थालेको छ नाम नछाप्ने सर्तमा एक शिक्षक भन्नुहुन्छ, “मुगुमा विद्यालय भवन बढीमा रु ३०÷४० लाखका बन्छन् तर ती विद्यालयमा शौचालय भने रु ६०÷६५ लाखमा बनाउने गैर सरकारी संस्था स्थानीय सामान बाहेक सबै आफैँ ल्याउँछन् । ती सामानका मूल्यको बिल विद्यालयले देख्नै पाउदैनन् ।

स्थानीय सरकार र गैर सरकारी संस्थान सबै कमिसनमै आकर्षित हुन्छन् । जुन विद्यालयमा कमिसन आउँछ वा पावरवाला व्यक्ति हुन्छन् उत्तै भौतिक संरचना बनाइन्छन् निरीह र पहँुच नपुग्ने विद्यालयका शिक्षक, विद्यार्थी चुहिने भवनमै बसेर पढन–पढाउन र दिसापिसाब लागे झाडी चाहार्न बाध्य हुन्छन् ।

नव आदर्श आधारभूत विद्यालयका शिक्षक विनोदकुमार मल्ल भन्नुहुन्छ, “विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संस्था, सरकारी निकाय बाँकी छैनन् । शौच गर्न बालबालिका झाडीतिर जाँदा लडेर हातखुट्टा भाँच्चिएका, चिप्लिएर चोटपटक लागेका कयाँै घटना छन् । हामी शिक्षक पनि शौच गर्न तुम गाउँका स्थानीयवासीका शौचालय जान्छौँ ।”

उहाँ जोड दिनुहुन्छ, “गत वर्ष छायानाथ रारा नगरपालिकाले दुई कोठे विद्यालय भवन बनाइदियो यो वर्ष खानेपानी र शौचालय बनाइदिन्छौँ भनेर नगरप्रमुखले भन्नुभएको छ हेराँै ।”

उता मालिका आधारभूत विद्यालयमा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउँदा शौचालय लग्यो । त्यसयता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गरे पनि कतै सुनुवाइ भएन । दिसापिसाब लाग्दा झाडी, जङ्गल र गाउँलेका निजी शौचालय जानुबाहेक अर्को विकल्प नभएको त्यहाँका प्राध्यापक चन्द्रबहादुर शाही सुनाउनुहुन्छ ।

सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्नुहुन्छ, “दिशापिसाव लागे घर वा झाडीतिर जान्छाँै । झाडीतिर जाँदा डर लाग्ने गरेको र आफू एक चोटी दिशा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको थियो ।
यसैगरी कक्षा ४ मा अध्यनरत छात्र राजन रावत भन्नुहुन्छ, “दिसापिसाव गर्न बाहिर जाँदा पढाइ छुट्छ । सर्प र कीराको डर लाग्छ ।” उहाँ पनि कतिपटक दिसापिसाब गर्दा आफूलाइ चोट लागेको सुनाउनुहुन्छ ।

रुगाको विद्यालयमा एक सय ८५ विद्यार्थी अध्यनरत छन् । खुल्लारुपमा शौच गर्दा वातावरण प्रदूषित हुनाका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ । समुदायलाई सकारात्मक शिक्षा दिनुपर्ने विद्यालयकै शिक्षकले खुल्ला ठाउँमा शौच गर्नुपर्दा लज्जित हुनुपरेको सम्बद्ध शिक्षकहरु बताउँछन् ।

नगरपालिका मातहतका ४५ विद्यालयमध्ये केही विद्यालयमा नयाँ भवन बनाइए पनि शौचालयको अभावमा वर्षाका बेला शौचका लागि बाहिर जानुपर्ने अवस्था र भएका शौचालय पनि जीर्ण भएकाले चालु आर्थिक वर्षमै त्यस्ता विद्यालयमा छात्रछात्रा मैत्री शौचालय बनाउने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहिले बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।